टर्कीबारे पहिलोपल्ट बोल्यो तालिबान, के भन्यो ?


२९ भाद्र २०७८, मंगलवार
taliban prabakta HWInWW0jcA

काठमाडौं, २९ भदौं । अफगानिस्तानमा सत्तासीन तालिबानले टर्कीका विषयमा पहिलो पटक आफ्नो धारणा राखेको छ । तालिबानका प्रवक्ता सुहैल शाहिनले अफगानिस्तान र टर्कीबीच ऐतिहासिक सम्बन्ध रहेको बताएका हुन् ।

मुल्ला हसल अखुन्दको नेतृत्वमा रहेको तालिबानको नयाँ सरकार टर्कीसँग साथ सहयोगको सम्बन्ध अघि बढाउन चाहने उनले उल्लेख गरेका छन् । शाहिनले टर्किको न्युज वेबसाइट Haberler.com लाई अन्तर्वार्ता दिँदै भने, ‘हामी आगामी दिनमा टर्कीसँग सम्बन्ध बलियो बनाउन चाहन्छौं । शिक्षा, निर्माण र आर्थिक क्षेत्रमा साथ सहयोग बढाउन चाहन्छौं ।’

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानको विदेश नीतिसम्बन्धी प्रश्नको जवाफ दिँदै शाहिनले भने, ‘हरेक देशले आफ्नो हितमा परराष्ट्र नीति बनाउँछ र हामी त्यसलाई सम्मान गर्छौं । अफगानिस्तानको नयाँ सरकार आपसी हितका आधारमा टर्कीसँगको सम्बन्धलाई अगाडि बढाउन चाहन्छ ।’

टर्की जस्तो सम्बन्ध चाहन्छ आफूहरूले त्यस्तै नीति बनाउने उनले बताए । भने, ‘टर्की मुस्लिम भाइका रूपमा व्यवहार गर्छ भने हामी पनि त्यही किसिमको भावनाले अघि बढ्छौं र यस्तो सम्बन्धलाई स्वागत गर्छाैं । हामी टर्कीलाई मुस्लिम भाइका रूपमा हेर्छाैं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७