नेकपा (एस) गण्डकीको अध्यक्षमा तुलबहादुर गुरुङ


२९ भाद्र २०७८, मंगलवार
Tulbahadur gurung 7C6kLsZBui

पोखरा, २९ भदौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) गण्डकी प्रदेश अध्यक्षमा कास्कीका तुलबहादुर गुरुङ चयन भएका छन् ।

उक्त पार्टीको प्रदेशस्तरीय बैठकले गुरुङलाई अध्यक्षमा चयन गरेको हो । उनको अध्यक्षतामा गण्डकीमा १३५ सदस्यीय प्रदेश कमिटी पनि गठन भएको छ । प्रदेश इञ्चार्ज केशवलाल श्रेष्ठको अध्यक्षतामा गण्डकीबाट प्रतिनिधित्व गर्ने १४ केन्द्रीय सदस्यहरूको बैठकले यो निर्णय गरेको हो ।

सचिवमा तनहुँका प्रतापलाल श्रेष्ठ र उपसचिवमा कास्कीकै श्रीनाथ बराल चयन भएका छन् । उपाध्यक्ष र महिला उपसचिव भने खाली राखिएको छ । अहिले नयाँ पार्टीको जिल्लास्तरीय कार्यक्रम भइरहेको छ । संगठन विस्तार र प्रशिक्षण चलिरहेको नव निर्वाचित उपसचिव बरालले बताए ।

‘अब सबै जिल्ला, पालिका हुँदै वडा तहसम्मको कमिटी गठन र पार्टी कार्यालय स्थापना हुन्छन्,’ उनले भने, ‘प्रशिक्षण चलिरहेको छ । जिल्लास्तरीय बैठक भइरहेका छन् ।’ बरालका अनुसार ३ असोजमा अध्यक्ष माधवकुमार नेपालले पोखरामा प्रदेशस्तरीय र जिल्ला पार्टी कार्यालय उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

गण्डकी प्रदेशका अध्यक्ष बनेका गुरुङ पूर्वमन्त्री हुन् भने अनेरास्ववियुको दुई कार्यकाल केन्द्रीय अध्यक्ष सम्हालेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७