असोज १ देखि गुण एयरलाइन्सको आन्तरिक उडान


प्रकाशित मिति : September 14, 2021

काठमाडौं, २९ भदौं । गुण एयरलाइन्सले असोज १ देखि आन्तरिक उडान गर्ने भएको छ । यति एयरलाइन्सका साना जहाज गरिद गरेको गुणले असोज १ देखि आन्तरिक उडान गर्ने जनाएको हो ।

एयरलाइन्सले मंगलबार पोखरा र भरतपुर उडानको लागि बुकिङ खुल्ला गरिसकेको छ । हाल आफ्नै बिचक्रफ्ट जहाजमार्फत उडान गर्ने असोज दोस्रो हप्तामा यति एयरलाइन्सको जहाजबाट उडान गर्ने उल्लेख गरेको छ ।

स्रिमिक एयरलाइन्सको नाम परिवर्तन गरी गुण एयरलाइन्स बनाएको हो । आन्तरिक उडानमा आक्रामक बन्न यतिका साना जहाज खरिद गरेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्