१,५६२ मा कोरोना संक्रमण, १,५८९ जना निकोे, १९ को मृत्यु


२९ भाद्र २०७८, मंगलवार
korona

काठमाडौं, २९ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा १,५६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार २६६ पीसीआर परीक्षण गर्दा १,१८० जना र ४,१७७ एन्टिजेन परीक्षण गर्दा ३८२ गरी १,५६२ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४०४ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा २९४, भक्तपुरमा ४८ र ललितपुरमा ६२ जना संक्रमित थपिएका हुन् ।

योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ६ हजार २५३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ भने १,५८९ जना निको भएका छन् । आज देशभर २४ हजार ६९० जना होम आइसोलेसनमा, १,५१२ जना संस्थागत आइसोलेसनमा, ४५३ जना आईसीयू तथा १३७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७