यूईएफए च्याम्पियन्स लिगमा चेल्सीको विजय शुरुवात


३० भाद्र २०७८, बुधबार
uaef

काठमाडौं, ३० भदौं । रोमेलु लुकाकुको निर्णायक गोलमा साविक विजेता चेल्सीले यूईएफए च्याम्पियन्स लिग २०२०–२१ अन्तर्गत समूह चरणको पहिलो खेलमा विजय शुरुवात गरेको छ । मगंलबार राति भएको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको समूह ‘एच’ को खेलमा चेल्सीले रसियन क्लब जेनिट सेन्ट पिटर्सवर्गलाई १–० ले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा गोल गर्न सफल भएको थियो । खेलको ६९औं मिनेटमा लुकाकुले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएको थियो । तर खेलमा थप गोल हुन नसक्दा त्यो गोल नै निर्णायक बन्न पुग्यो । जितसँगै चेल्सीले अंक तालिकामा ३ अंक जोडेको छ ।

यही समूहको अर्को खेलमा युभेन्टसले माल्मोमाथि ३–० को फराकिलो जित निकालेको छ । युभेन्टसको जितमा लोवो सिल्भा, डिवाला र मोराटाले गोल गरे । जितसँगै युभेन्टसले ३ अंक जोडेको छ । गए राति नै भएको समूह ‘जी’ को खेलमा लिल र वल्फ्वर्गले गोलरहित बराबरी खेल्दै अंक बाँडे । समूह एफको खेलमा भिल्लारियल र एटलान्टाले पनि दुई–दुई गोलको बराबरी गर्दै अंक बाँडेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७