एकीकृत–समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक


३० भाद्र २०७८, बुधबार
madhav nepal

काठमाडौं, ३० भदौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) ले असोज ५ गते काठमाडौंमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
यही भदौ २९ गते बैठक बस्ने तयारी भए पनि केही गृहकार्य गर्नुपर्ने भएकोले सारिएको एकीकृत समाजवादीले जनाएको छ ।

पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सञ्चालन गर्न सङ्गठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा राजनीतिक गतिविधि सञ्चालन गर्न आवश्यक रणनीति तयार पार्न बैठक बस्न लागेको हो । नेकपा (एमाले) बाट विभाजित भएर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक पहिलो पटक बस्न लागेको हो ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा हालै स्थायी कमिटीका साथै सचिवालय, प्रदेश इञ्चार्ज तथा केही विभाग गठन गरिएको छ । पार्टीका केही प्रदेश, जिल्ला तथा स्थानीय तहमा भेला, बैठक बसेर राजनीतिक कार्यक्रम सञ्चालन भइरहेका छन् ।

युवा तथा विद्यार्थी सङ्गठन स्थापना भइसकेका छन् भने प्रेस सङ्गठन चाँडै घोषणाको क्रममा छ । मजदुर सङ्गठनलगायत अन्य भ्रातृ संस्था निर्माणका लागि तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७