हैटीका राष्ट्रपतिको हत्यामा प्रधानमन्त्री संलग्न भएको आशंका, देश बाहिर जान लगाइयो प्रतिबन्ध


३० भाद्र २०७८, बुधबार
haiti pm 5mNqvZpnn4

काठमाडौं, ३० भदौं । हैटीका प्रधानमन्त्री एरियल हेनरीलाई देश छाड्न रोक लगाइएको छ । राष्ट्रपति जोवेनेल मोइजको हत्यामा संलग्न आशंकामा अनुसन्धानका लागि उनलाई देश बाहिह जान बन्देज लगाइएको हो ।

अभियोजक पक्षले हेनरीबारे अनुसन्धान गर्न माग गरेको छ । साथै प्रधानमन्त्री हेनरीले राष्ट्रपति मोइज हत्याका प्रमुख अभियुक्त जोसेफ फेलिक्स बेडियोसँगको सम्बन्ध स्पष्ट पार्नुपर्ने माग पनि गरिएको छ ।

अभियोजक पक्षले राष्ट्रपति मोइजको हत्याको केही घण्टापछि उनीहरू दुईबीच धेरै पटक फोनमा कुरा भएको रेकर्डले देखाएको दाबी गरेको छ । गत जुलाईमा केही आक्रमणकारीले उनको घरमै पसेर राष्ट्रपति जोवेनेल मोइजको हत्या गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७