एक लाख ४४ हजार नगदसहित आठ जुवाडे पक्राउ


३० भाद्र २०७८, बुधबार
dfmdadskfmdg1631684979

चितवन, ३० भदौं । चितवनको खैरहनीमा एक लाख ४४ हजार रुपैयाँ नगदसहित आठ जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा खैरहनी नगरपालिका–८ का कृष्ण श्रेष्ठ र विष्णु सुनार, खैरहनी–६ का नवीन बस्नेत छन् ।

यस्तै, राप्ती नगरपालिका–६ का सुदीप गिरी, दीपेश बर्तौला, चूडामणि थपलिया, राप्ती–४ का केशवप्रसाद तिमिल्सिना र राप्ती–५ सुदन धरेल पनि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी–८, लक्ष्मीनगरस्थित कृष्ण श्रेष्ठको घरमा तास तथा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मंगलबार साँझ श्रेष्ठ समेत आठजनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट एक लाख ४४ हजार १७० रुपैयाँ बरामद गरिएको प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७