ताप्लेजुङमा कोरोना संक्रमण दरमा कमी


३० भाद्र २०७८, बुधबार
koronav 1

ताप्लेजुङ, ३० भदौं । पछिल्लो समय ताप्लेजुङमा कोभिड– १९ सङ्क्रमण दर घट्दै गएको छ । हाल जिल्लामा सक्रिय सङ्क्रमित १०० भन्दा कम छन् । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार पछिल्ला दिनमा सङ्क्रमित हुने भन्दा निको हुनेको संख्या धेरै छन् ।

कोरोना विरुद्धको खोप, लामो समयसम्म जारी गरिएको निषेधाज्ञा र जनस्वास्थ्य मापदण्डका कारण सङ्क्रमणको दर घट्दै गएको उनको भनाइ छ । मङ्गलबारसम्म जिल्लाभर पिसिआर र एन्टिजेन परीक्षणबाट दुई हजार ४८७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने निको हुनेको संख्या दुई हजार ३०० बढी छन् । यसैगरी जिल्लाभर ३४ हजार ८१५ ले कोभिड विरुद्धको पूर्ण खोप लगाइसकेका छन् भने पहिलो डोज मात्र लगाउनेको संख्या ३८ हजार ६७४ पुगेको छ ।

अहिले पनि १८ वर्षमाथिका विद्यार्थीलाई खोप लगाउने कार्यक्रम जारी छ । सङ्क्रमणको दर घटेसँगै गएको सोमबारदेखि निषेधाज्ञा हटाइएको छ । यस्तै पाथीभरा मन्दिरलाई समेत खुलाइने तयारी भएको छ । तत्काल बैठक बसी दर्शनार्थीका लागि मन्दिर खुला गर्ने तयारी भएको प्रजिअ पाण्डेको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७