२०७८ भदौं ३१ गते बिहीबारको तपाईको राशिफल

विश्व ओजोन तह बचाउ दिवस


३१ भाद्र २०७८, बिहीबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज शुभकार्यमा मन जानेछ । लामो समयपछि आफन्तसँग भेटघाट हुनेछ । शुभ कार्यमा सरिक भइनेछ र शुभ समाचारले मन पनि प्रसन्न रहने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज कुनै कुराले मनमा शान्ति छाउने छ । समाजसेवामा मन लाग्ने छ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ, तर स्वास्थ्यमा सजगता अपनाउनु पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज शुभकार्यको चर्चा चल्ने छ । रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कला, साहित्यमा रुचि बढ्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । ठीक समयमा सही निर्णय लिन सकिने छ । घर जग्गाको कारोबारमा सफलता मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
विपरीत वर्षप्रति आकर्षण बढ्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । सांगीतिक क्षेत्रमा रुचि बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । आर्थिक कारोबारमा सफलता पाइएला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज मनमा दुबिधा उत्पन्न हुनेछ अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकायको भय रहनेछ, आफन्तले पनि सकेको सहयोग गर्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । लगनशीलताले कामहरू पनि अगाडि बढ्ने छन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । छोटो दूरीको लाभदायक यात्रा रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । रोकिएको धन हात पर्ला । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज सहकर्मीबाट विरोध आउन सक्छ । गलत निर्णय लिन पुगिएला । यात्रामा मालसामान पनि हराउन सक्छ । चोटपटकको भय छ सचेत रहनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । शिक्षामा सफलता मिल्ने छ । महत्वपूर्ण कामको थालनी हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७