सिटीको शानदार जित


३१ भाद्र २०७८, बिहीबार
Capture1631757348

काठमाडौं, ३१ भदौं । प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा शानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले १० खेलाडीमा सिमित आरबी लाइपजिगलाई ६–३ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन नाथा एक, नोर्डी मुकिले, ज्याक ग्रेलिस, जाओ कान्केलो र ग्रावियल जिजसले समान एक–एक गोल गरे । सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो ।

यता लाइपजिगका लागि चिरिसटोपर नकुन्कुले ह्याट्रिक पूरा गरे । पहिलो हाफमा तीन गोल गरेको सिटीले दोस्रो हाफमा थप तीन गोल गरको हो । यता लाइपजिग खेलको ७९ औं मिनेटमा १० खेलाडीमा सिमित बनेको थियो । लाइपजिगका एन्गेलिनो रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

जितसँगै सिटीले च्याम्पियन्स लिगको यो सिजनमा उत्कृष्ट सुरुवात गरेको छ । सिटीले ३ अंक जोडेको छ । यता लाइपजिगले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७