रामेछापमा जीप दुर्घटना : तीन जनाको गयो ज्यान


३१ भाद्र २०७८, बिहीबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

रामेछाप, ३१ भदौं । रामेछापमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । जीपमा रहेका चार जनामध्ये तीन जनाको ज्यान गएको र एक जना बालक घाइते भएका प्रहरीले जनाएको छ ।

जीपमा सवार चार जनामध्ये चालक लाक्पा शेर्पा, उनकी श्रीमती फुर्वा शेर्पा र गाडीधनी वाङ्छे शेर्पाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। १२ वर्षीय पेम्वा शेर्पा गम्भीर घाइते भएका छन्। उनलाई उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर श्रीशंकर श्रेष्ठले अप्ठेरो बाटोमा तीब्र गति भएका कारण जीप दुर्घटना भएको हुनसक्ने बताए। उनका अनुसार जीप घुम्तीमा दुर्घटना भएको थियो।


घाइते बालकको उपचार चलिरहेको प्रहरीले जनाएको छ । काठमाडौंबाट ओखलढुङ्गाका लागि छुटेको प्रदेश नम्बर ३–०१–०२३–च–३५१३ नम्बरको जीप बिहान मन्थली नगरपालिका–६ हात्तीसार कुनौलीमा दुर्घटनामा परेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७