काकाको ३ लाख रुपैयाँ लुट्ने भतिज पक्राउ


३१ भाद्र २०७८, बिहीबार
pakrau
फाइल फोटो

भक्तपुर, ३१ भदौं । आफ्नै काकाको ३ लाख रुपैयाँ लुटेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीबाट नगद ३ लाख लुटपाट गरेको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने बैतडीका २६ वर्षीय लवजित भट्टलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

लवले आफ्नै काकालाई बिदेश पठाई दिन सहयोग गरिदिन्छु भनि लोकन्थलीमा लगेर नगद लुटेको प्रहरी परिसर भक्तपुरले जनाएको छ । लुटिएको खबर पाएपछि महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७