बाढीपीडितलाई अन्तराष्ट्रिय झापाली समाजले पक्की घर बनाइदिने


२४ फाल्गुन २०७४, बिहीबार
jhapali samaj

नागोया, जापान: मुलुक बाहिर रहेका झापालीहरले बाढीपीडितहरुलाई ९ वटा पक्की घर बनाइदिने भएका छन् । समाजले झापाको कमल नगरपालिकामा ३ कट्ठा क्षेत्रफल रहेको जग्गामा घर निर्माण गरिदिने भएका छन् ।

jhapali samaj
फाइल तस्बिर

समाजले निर्माण गर्न लागेको घरको मुल्य प्रतिघर लगभग ४ लाख दरले ९ परिवारलाई एकएक वटा घर निर्माण गरिदिने भएका छन् । मुलुक बाहिर रहेका सबै झापालीले आर्थिक सहयोग जुटाएर पीडितहरुलाई घर निर्माण गरिदिन लागेको हो । घर निर्माणको लागि सम्पुर्ण कानुनी प्रक्रिया पूरा भएको झापाली समाजका एक सदस्यले जानकारी दिएका छन् ।

समाजले गत वर्ष गउको बाढीपीडितलाई झापाका विभिन्न स्थानमा पुगेर जिल्ला प्रशासन कार्यलय झापाको रोहबर र नेपाल रेडक्रस सोसाइटी झापा शाखाको सहकार्यमा तीन चरणमा करिब १० लाख बराबरको राहत बाढीबाट प्रभावितहरुलाइ बितरण गरेको थियो । त्यही समयमा घोषण गरिए अनुसारनै बाढीपीडितलाई घर निर्माण गर्न लागिएको हो । समाजले घर निर्माणको लागि वैदेशिक रोजगारपछि झापा फर्किएका १५ जनाको समिति गठन गत सोमबार गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७