बिजुलीको पोलमा कार ठोक्किँदा एक महिलाको गयो ज्यान


३१ भाद्र २०७८, बिहीबार
Car1631782091

विराटनगर, ३१ भदौं । मोरङको विराटनगरका विजुलीको पोलमा कार ठोक्किँदा एक महिलाको ज्यान गएको छ ।
बिहीबार विराटनगरतर्फ आउँदै गरेको बा ११ च १५७१ नम्बरको कार आफै अनियन्त्रित भई कोशी राजमार्गअन्तर्गत बुढीगङ्गा–३ मा दुर्घटनामा परेको हो ।

घटनामा बेलबारी नगरपालिका–१ की ३० वर्षीया चन्द्रकला राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् । बेलबारीबाट विराटनगरतर्फ आउँदै गरेको कार सडकमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा कार चालक बेलबारी–१ का ३८ वर्षीय बाबुराम कार्की, बेलबारी–१ की ४३ वर्षीया गीता लिम्बू र ५५ वर्षीया सानी धिमाल घाइते भएका छन् ।

घाइते सबैको विराट मेडिकल कलेज बुढीगंगामा उपचार भइरहेको डिएसपी श्रेष्ठले बताए । प्रहरीका अनुसार मृतक चन्द्रकला र घाइते सानी मुटुसम्बन्धी पुरानै समस्याको चेकअपका लागि अस्पताल आईरहेका थिए । दुर्घटनामा कार पूर्ण रूपमा क्षतिग्रस्त छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७