४४ लाख डोज खोप लिन निगमको जहाज आज राति चीन जाँदै


३१ भाद्र २०७८, बिहीबार
Nepal Airlines plane
फाइल फोटो

काठमाडौं, ३१ भदौं । सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप ल्याउन आज (बिहीबार) राति नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने भएको छ ।

सरकारले खरिद गरेको खोप भोलि चीनबाट ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए । सरकारले ६० लाख डोज खरिद गरेकामा यसअघि १६ लाख डोज खोप नेपाल आइसकेको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिनका लागि आज राति ११ बजे वाइडबडी विमान चीन जाने बताए । उनका अनुसार भोलि दिउँसो २ बजे खोप लिएर जहाज नेपाल आउने छ । नेपालमा अहिलेसम्म एक करोड ३३ लाख डोज खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड डोज थप खोप ल्याउने तयारी रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७