देशका ३९ स्थानमा आजदेखि सुपथ मूल्य पसल, के मा कति छुट ?


१ आश्विन २०७८, शुक्रबार
sahuliyat pasal

काठमाडौं, १ असोज । सरकारले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर आज (शुक्रबार) बाट सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ । सुपथ मूल्यका पसलमा सामान खरिद गरेमा उपभोक्तालाई प्रतिकिलो दुई रूपैयाँदेखि १० रूपैयाँसम्म छुट दिइने छ । देशभर ३९ स्थानमा यस्ता पसल रहने छन् ।

सुपथ मूल्यका पसलमा चिनी, नुन, चामल, घ्यू, पनिरसँगै खसी, बोका र च्याङग्रा किन्न पाइनेछ । चामलमा प्रतिकिलो ५, सिमी तथा फापर खरिदमा प्रतिकिलो १०, नुन प्रतिकिलो २, चिनी प्रतिकिलो ५, खसी–बोका प्रतिकिलो १० रूपैयाँ छुट पाइने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, दुग्ध विकास संस्थानलगायतले सुपथ मूल्यका पसलमा सामग्री राख्ने छन् । एलपी ग्यास र पेट्रोलियम सहज उपलब्ध हुने गरी खरिदका लागि निर्देशन दिँदै मन्त्रालयले उपभोक्ताले सहज पाए / नपाएको अनुगमन गर्ने पनि जनाएको छ । सुपथ मूल्यका पसल कात्तिक २४ गतेसम्म सञ्चालन गरिने छ ।

supath mulya pasal

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७