चीनबाट आइपुग्यो थप ४४ लाख डोज खोप


१ आश्विन २०७८, शुक्रबार
nepal airlines korona

काठमाडौं, १ असोज । चीनबाट खरिद गरिएको थप ४४ लाख डोज भेरोसेल खोप आज (शुक्रबा)र दिउँसो काठमाडौं आइपुगेको छ । नेपाल वायु सेवा निगमको चार्टर्ड जहाजबाट खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो । जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ । खोप ल्याउन निगमको वाइडबडी जहाज हिजो बिहीवार राति चीन गएको थियो । एकै खेपमा यति धेरै खोप ल्याइएको यो पहिलो पटक हो ।

यसअघि एक भायलमा दुई डोज खोप मात्र हुन्थ्यो । अहिले एक भायलमा पाँच डोज खोप हुन्छ । आज आइपुगेको खोप आउँदो सोमवारदेखि वितरण गरिने मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । यो खोप १८ वर्षदेखि ५० वर्षसम्मका नागरिकलाई लगाउने तयारी छ । यस्तै हिमाली जिल्लामा भने १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७