टस हारेर अमेरिकाविरुद्ध ब्याटिङमा नेपाल, राष्ट्रिय टोलीमा गुल्सन झाको डेब्यू


१ आश्विन २०७८, शुक्रबार
Nepal vs America1631526343

काठमाडौं, १ असोज । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आज (शुक्रबार) अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा नेपालले अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । अमेरिकाले टस जितेर पहिले बलिङ गर्ने भएपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ ।

नेपालका लागि यसअघि खेलेका बिक्रम सोबको स्थानमा गुलशन झा टिममा परेका छन् । गुलशनको एक दिवसीय क्रिकेटमा डेब्यू हो । त्यस्तै आजकोखेलमा सन्दीप खेल्ने छन् । ओमानविरुद्धको खेलमा फिल्डिङ गर्ने क्रममा घाइते भएका सन्दीप आजको खेलमा खेल्ने छन् ।

नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार अपराह्न ४ः१५ मा सुरु हुनेछ । नेपाल र अमेरिका आईसीसी क्रिकेट विश्वकप लिग–२ मा चौथो पटक आमनेसामने हुन लागेका हुन् । यसअघि ओमानमा नै भएको पहिलो खेलमा नेपालले अमेरिकालाई २ विकेटले हराएको थियो । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले अमेरिकालाई ३५ रन र आठ विकेटले हराएको थियो ।

242084713 1217301355442769 829131180676514465 n

अहिलेसम्म नेपाल र अमेरीकाले एकदिवसीयमा ७ पटक खेलेका छन् । त्यसमध्ये चार खेल नेपालले जितेको छ भने अमेरिकाले तीन खेल जितेको छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा अमेरिका दोस्रो स्थानमा छ भने ओमान शीर्ष स्थानमा छ । अमेरिकाले अहिलेसम्म खेलेका १३ खेलमा ६ मा जित र ७ मा हार ब्यहोरेको छ । ६ खेलबाट ६ अङ्क जोडेको नेपाल छैटौं स्थानमा छ ।

अमेरिकाविरुद्धको पहिलो खेलमा जित निकालेको नेपाल आजको खेलमा पनि सहज जित निकाल्ने अपेक्षामा हुनेछ । नेपालले पहिलो खेलमा स्पिनरलाई मुख्य हतियार बनाएर खेल जितेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७