करिष्मालाई केपी ओलीको फोन : परीक्षा कस्तो भइरहेको छ ?


१ आश्विन २०७८, शुक्रबार
karishma manandhar and KP oli

काठमाडौं, १ असोज : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अभिनेत्री करिष्मा मानन्धरलाई फोन गरेर परीक्षाको बारेमा चासो लिएका छन् । कक्षा १२ को परीक्षा दिइरहेकी अभिनेत्री मानन्धरलाई शुक्रबार अध्यक्ष ओलीले फोन गरेर सोधेका छन्, ‘परिक्षा कस्तो भइरहेको छ ?’

मानन्धरले शुक्रबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै ओलीले आफ्नो परिक्षाको बारेमा चासो लिएको जानकारी दिएकी हुन् । मानन्धरले फोनमा ‘केपी शर्मा ओली’ भनेर आउँदा सुरुमा आफू छक्क परेको पनि उल्लेख गरेकी छिन् । फोनमा ओलीको आवाज सुन्दा आफूलाई घर मुलिले छोराछोरीसँग बोलेजस्तो लागेको उनको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७