काबुल ड्रोन आक्रमणमा १० सर्वसाधारण मारिएको अमेरिकी सेनाद्धारा स्वीकार


२ आश्विन २०७८, शनिबार
kabul 1

काबुल, २ असोज । गत अगस्तको अन्त्यमा अफागानिस्तानको राजधानी काबुलमा आफूहरुले ड्रोन आक्रमण गर्दा बालबालिकासहित १० सर्वसाधारण मारिएको अमेरिकी सेनाले स्वीकार गरेको छ ।

अमेरिकी केन्द्रीय कमाण्डका प्रमुख जनरल फ्र्यांक म्याकेन्जीले आफूहरुकोे जवाफी कारवाहीमा ती नागरिक मारिएको दावी गरेका हुन् ।
सो आक्रमणमा सात बालबालिकासहित १० जनाको मृत्यु भएको थियो । आपतकालीन अवस्थामा रहेका नागरिकको उद्धारका क्रममा तालिवानी विद्रोहीले आफूहरुलाई रोकेपछि जवाफी कारवाहीका लागि ड्रोन आक्रमण गरेको अमेरिकी सेनाले दावी गर्दै आएको छ ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले आक्रमणमा परेर मृत्यु भएकाका परिवारलाई भेटेर समवेदना समेत व्यक्त गरेका छन् । उनले सो आक्रमणको अनुसन्धान गरेर गहन समीक्षा गर्ने समेत आश्वासन दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । विदेशमन्त्री अस्टिनले अमेरिकाले सो गल्तीबाट पाठ सिक्दै अघि बढ्ने प्रतिवद्धता समेत जनाए ।

अमेरिकाले गत महिनाको अन्त्यमा तालिवानीले अफगानिस्तान कब्जा गरेसँगै आफ्ना सबै सेना फिर्ता बोलाएको थियो । तालिवानीले कब्जा गरेसँगै आफगानिस्तानमा रहेका विदेशी नागरिकलाई स्वदेश फिर्ता लैजान अमेरिकी सेनाले विशेष अभियान नै सञ्चालन गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७