रौतहटमा तीन दिनमा तीन बालिकाको डुबेर मृत्यु


२ आश्विन २०७८, शनिबार
Dubera bepatta
सांकेतिक तस्विर

रौतहट, २ असोज । रौतहटको देवाही गोनाही नगरपालिकामा पछिल्लो ३ दिनभित्र तीनबालिकाको डुबेर ज्यान गएको छ । पोखरीमा डुबेर दुई बालिकाको ज्यान गएको २४ घण्टा नबित्दै फेरि अर्की बालिकाको डुबेर मृत्यु भएको हो ।

देवाही गोनाही नगरपालिका–६ कर्कच करमहियाका स्थानीय मोहन साहको छोरी साढे दुई बर्षकी ज्योति कुमारी साहको हिजो साँझ डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । गाउँ नजिकै रहेको नहरमा जमिएको पानीमा डुबेर बालिका साहको मृत्यु भएको हो । ईलाका प्रहरी कार्यलय देवाही गोनाहीका प्रमुख इन्स्पेक्टर राजन लम्सालले शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा पठाईएको बताए ।

यस अघि देवाही गोनाही– ७ का वडा अध्यक्ष जगरनाथ यादवको निर्माणधिन पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको थियो । घोंगी लिन पोखरीमा गएकी कटहरिया नगरपालिका–६ का १० बर्षीय निशु कुश्वाहा र बृन्दावन नगरपालिका–२ का १४ बर्षीय मुस्कान कुमारीको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख श्रीराम भण्डारीले जानकारी दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७