तीन चिनियाँ अन्तरिक्ष यात्री ९० दिनपछि सकुशल पृथ्वीमा फिर्ता


२ आश्विन २०७८, शनिबार
shenzhou 10b ngydQ6TcVV

काठमाडौं, २ असोज । सबैभन्दा लामो मिसनमा रहेको चीनको पहिलो अन्तरिक्ष स्टेसनमा ९० दिनको बसाइँपछि शुक्रबार तीन जना चिनियाँ अन्तरिक्ष यात्री पृथ्वीमा फर्किएका छन् ।

नी हाइशेङ, लिउ बोमिङ र ताङ होङबो सहभागी अन्तरिक्षयान बिहीबार बिहान अन्तरिक्ष स्टेसनबाट छुटेको थियो । यान शेन्जाउ–१२ अन्तरिक्ष यान शुक्रबार करिब १ः३० बजे पृथ्वीमा अवतरण गरेको छ ।

चिनियाँ राष्ट्रिय टेलिभिजन (सीसीटीभी) ले गोबी मरुभूमिमा अवतरण गर्दै गरेको प्याराशुटिङको फुटेज प्रशारण गरी यानको सफल अवतरण भएको जानकारी गराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७