अफगानिस्तानमा अलपत्र थप ३४ नेपाली आज स्वदेश आउँदै, अहिलेसम्म कति फर्किए ?


२ आश्विन २०७८, शनिबार

काठमाडौं, २ असोज । अफगानिस्तानमा अलपत्र परेका थप ३४ नेपाली आज (शनिबार) स्वदेश आउँदै छन् । काबुलमा अलपत्र परेका ३४ नेपालीलाई उद्धार गरेर नेपाल ल्याउन लागिएको भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीका अनुसार काबुलमा अलपत्र ३४ नेपाली शनिबार बिहान १० बजे चार्टर विमानमार्फत स्वदेश फर्कंदै छन् । उनीहरुसँगै संयुक्त राष्ट्रसंघ (यूएन) र युनिसेफमा काम गरिरहेका करिब एक सय नेपाली पनि स्वदेश फर्किंदै छन् ।

बिद्रोही तालिबान समूहले अफगानिस्तानको सत्ता कब्जा गरेपछि त्यहाँ असुरक्षा बढेको छ । विभिन्न रोजगारीका लागि अफगानिस्तान पुगेका नेपाली तालिबानले सत्ता कब्जा गरेपछि अलपत्र परेका हुन् । हाल उनीहरुलाई यूएनको सहयोगमा काबुलमा सुरक्षित रूपमा राखिएको छ । अफगानिस्तानबाट हालसम्म ९४० नेपालीको उद्धार भइसकेको छ । अफगानिस्तानमा करिब १५ सय नेपाली रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७