सर्वाेच्च अदालतको आदेशपछि रोकिए लोकसेवाका यी परीक्षा (सूचना)


२ आश्विन २०७८, शनिबार
Loksewa Aayog 1

काठमाडौं, २ असोज । लोकसेवा आयोगले उपसचिव, इन्जिनियर र नायब सुब्बा पदका लागि निर्धारित लिखित परीक्षा स्थगन गरेको छ ।
सर्वाेच्च अदालतले भदौ ३० र ३१ गते दिएका आदेशबमोजिम भन्दै आयोगले भोलि असोज ३ र ४ गते गर्ने भनिएको उपसचिव वा सो सरह (शिक्षा, शिक्षा प्रशासन) को परीक्षा स्थगन गरेको हो ।

यस्तै असोज ९ र १० गते गर्ने भनिएको इन्जिनियर पदको लिखित परीक्षा पनि आयोगले स्थगन गरेको छ भने असोज ९ देखि १५ सम्म गर्ने भनिएको नायब सुब्बा वा सो सरहको लिखित परीक्षा पनि हाललाई रोकिएको छ ।

हेर्नुहोस् सूचना

lok su QKa8SNGsoe

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७