माधव नेपालले भनेरै मैले सरकारको नेतृत्व गरेकी हुँ : मुख्यमन्त्री शाक्य


२ आश्विन २०७८, शनिबार
astalaxmi shakya

काठमाडौं, २ असोज । नेकपा एमालेकी उपाध्यक्ष एवम् बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपालले भनेर नै आफूले सरकारको नेतृत्व गरेको फेरि दोहोर्‍याएकी छिन् ।

आज (शनिबार) महोत्तरीमा पाटी कार्यकर्तासँगको भेटघाटका क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले आफ्नो सरकार अहिले अल्पमतमा रहेकाले छिट्टै विश्वासको मत लिने जानकारी गराइन् । नेकपा एमालेको आन्दोलनलाई मजबुत बनाउन महत्वपूर्ण योगदान रहेको बताउँदै उनले माधव नेपाललाई संस्थापन पक्षमा नै फर्किन आग्रह गरेको बताइन् ।

‘मैले माधव कमरेडलाई पटक–पटक नेकपा एमाले नै फर्किन आग्रह गरेको छु’, उनले भनिन्, ‘तर उहाँले पाटी नै दर्ता गरिसक्नु भयो । उहाँको आफ्नै कुरा होला ।’ आफू सरकारमा जाँदा नेकपा एकीकृत समाजवादी दर्ता नभएको बताउँदै उनले अहिले बागमती प्रदेशमा १३ जना प्रदेशसभा सदस्यले एमाले छाडेकाले अल्पमतमा परेको मुख्यमन्त्री शाक्यले बताएकी छिन् ।

नेपालले नयाँ पाटी खोलेर नेकपा एमाले अत्यन्त कमजोर रहेकोतर्फ ध्यानाकर्षण गराउँदै एमालेको उपलब्धी र योगदानलाई बचाई राख्न नेता तथा कार्यकर्ताहरुलाई उनले आग्रह गरिन् । उनले बागमती प्रदेश सरकारको आयु लामो नभएको संकेत गर्दै सरकारको आयु दुई दिन मात्रै भए पनि जनताको पक्षमा काम गरेर देखाउने प्रतिवद्धता जनाइन् ।

महोत्तरीमा अझै जिल्ला समीकरणमा विवाद रहेको अवस्थामा जिल्ला कमिटीका पदाधिकारीले सपथ ग्रहण समेत नलिएकोतर्फ नेता कार्यकर्ताले मुख्यमन्त्री शाक्यलाई ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७