तालिबान सरकारले महिला मन्त्रालय हटायो


२ आश्विन २०७८, शनिबार
taliban 20210918075935

काठमाडौं, २ असोज । अफगानिस्तानमा नव गठित तालिबान सरकारले महिला मन्त्रालय हटाएको छ । धार्मिक कट्टर मान्यता कार्यान्वयन गराउन शुक्रबार तालिबानले महिला मन्त्रालय हटाएको हो ।

तालिबानले शुक्रबार महिला मामिला मन्त्रालय हटाएर त्यसको सट्टा ‘सदाचार दूराचार’ मन्त्रालय राख्ने निर्णय गरेको बीबीसीले जनाएको छ । काबुलमा राखिएको सदाचार र दूराचार मन्त्रालयले धार्मिक मान्यता र नैतिकतालाई प्राथमिकतामा राख्ने बताइएको छ ।

सो मन्त्रालय तालिबानको नयाँ शासन सुरु हुनुभन्दा पहिलेदेखि नै अस्तित्वमा रहेको र सन् १९९६ देखि २००१ को दशमा तालिबानले आफ्नो शासनकालमा सो मन्त्रालय विस्तार गरेको बताइन्छ । सामाजिक सञ्जालमा अपलोड गरिएको एक भिडियोमा कार्यालय बाहिर अफगानिस्तानका महिला कर्मचारीहरुले आफूहरुले काममा फर्किन पाउनु पर्ने भन्दै तालिबानसँग आग्रह गरेका छन् ।

सन् १९९० को दशकमा तालिबान शासनको क्रममा उक्त मन्त्रालयले कठोर इस्लामिक नियम पालना गराउनुका साथै महिलामाथि कडा प्रतिबन्ध लगाएको थियो । विगतमा अफगानिस्तानमा महिलाहरुले गरेको २० वर्षे संघर्षपछि आधारभूत आवश्यकताहरु प्राप्त गरेका थिए । तर पुरुषहरुको नेतृत्वमा रहेको तालिबानको नयाँ सरकारले अफगानिस्तान महिलाले पाएका आधारभूत अधिकारहरु पुनः खोसिने चिन्ता महिलाहरुको छ । बीबीसी न्युजबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७