अहिलेका सत्ताधारी बरफका डल्ला हुन्, चुनावपछि पग्लिन्छन् : ओली


२ आश्विन २०७८, शनिबार
kp oli 5

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ताधारी गठबन्धनलाई ‘फ्रिजबाट निकालिएको बरफ (आइस) को डल्ला’ को संज्ञा दिएका छन् । उनले सत्ता गठबन्धनप्रति कटाक्ष गर्दै चुनावपछि आइसका डल्ला बिलाएर जाने दावी गरे ।

‘यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन्, आफैं बनेका होइनन्,’ शनिबार नेपाल निजामति कार्मचारी संगठनको कार्यक्रममा ओलीले भने, ‘डल्ला बाहिर राख्ने बित्तिकै बिलाएर जान्छन् ।’

ओलीले १४ महिनापछि हुने चुनावबाट आफ्नो नेतृत्वमा सरकार बन्ने दावी गर्दै ती सबै बिलाएर जाने जिकिर गरे । उनले भने, ‘तपाईंहरुलाई केही दुःख दिन सक्छन् । धेरै चिन्ता गर्नु पर्दैन, १४ महिनापछि चुनाव हुन्छ, त्यसको अर्को एक महिनापछि हाम्रो सरकार बन्छ । यिनीहरु बिलाएर जान्छन् ।’ ओलीले यो सरकार अस्वभाविक विधिबाट बनेको पनि बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७