भारतमा कोरोना भाइरसबाट थप ३५ हजार बढी संक्रमित


२ आश्विन २०७८, शनिबार
korona india

नयाँदिल्ली, २ असोज । भारतमा कोरोनाभाइरसबाट थप ३५ हजारभन्दा बढी नयाँ संक्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३५ हजार ६६२ जना संक्रमित भएका हुन् ।

सोही अवधिमा २१८ जनाको भाइरस संक्रमणका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिले पनि सक्रिय संक्रमितहरूको संख्या तीन लाख ४० हजार ६३९ रहेको छ । यो संख्या घट्दै गएको देखिएको छ । एकै समयमा नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुनेहरूको संख्या धेरै भएकाले संक्रमितहरूको संख्या घट्दै गएको हो ।

त्यसैगरी, अहिलेसम्म संक्रमणमुक्त भएकाहरूको संख्या तीन करोड २६ लाख ३२ हजार २२२ पुगेको छ । गत शुक्रबारसम्ममा भारतका ५५ करोड सात लाख ८० हजार २७३ जनाको स्वाब परीक्षण गरिएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । तीमध्ये १४ लाख ४८ हजार ८३३ जनाको शुक्रबार परीक्षण गरिएको हो । रासस÷एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७