एमसीसीका कारण पाँच दलीय गठबन्धन फुट्दैन : प्रचण्ड


२ आश्विन २०७८, शनिबार
Prachanda 2

जनकपुरधाम, २ असोज । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले एमसीसीकै कारण पाँच दलीय गठबन्धन नफुट्ने दावी गरेका छन् ।

आज (शनिबार) जनकपुरमा नेकपा माओवादी केन्द्र प्रदेश–२ को प्रशिक्षण कार्यक्रम समापनपछि पत्रकार सम्मेलनमा प्रचण्डले आफूहरुका लागि एमसीसी भन्दा गठबन्धन नै महत्वपूर्ण रहेको बताएका हुन् । ‘संविधान लोकतन्त्र, गणतन्त्र, संविधान र राष्ट्रका लागि यो गठबन्धन बनेको हो’, उनले भने, ‘एमसीसीका कारण गठबन्धन फुट्दैन ।’

प्रचण्डले आफूहरु एमसीसीविरुद्ध नरहेको तर परिमार्जनसहित सर्वदलीय संयन्त्रबाट पास गर्नुपर्नेमा जोड दिएको बताएका छन् । अर्को फरक प्रसङ्गमा उनले जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीका कारण मन्त्रिपरिषद विस्तार नअड्किएको बताउँदै असोज ४-५ गतेभित्र सरकारले पूर्णता पाउने दाबी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७