एशियन कप छनोटमा नेपाल फिलिपिन्ससँग पराजित


२ आश्विन २०७८, शनिबार
neapli woman football OYG9qEBetX 1

काठमाडौं, २ असोज । उज्वेकिस्तानमा शुरु एएफसी महिला एशियन कप–२०२२ छनोट अन्तर्गत पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ ।

आज (शनिबार) जेएआर एसओके स्टेडियममा भएको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २–१ को गोल अन्तरले पराजित भएको हो । खेलको पहिलो हाफमा बनाएको शुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल फिलिपिन्ससँग पराजित हुन पुग्यो । खेलको १० औं मिनेटमा फरवर्ड विमला चौधरीको गोलमा नेपालले शुरुवाती अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा हार भोग्न बाध्य भयो । दोस्रो हाफको अन्तिम समयमा फिलिपिन्सले गोल गर्दै जित निकालेको हो ।

महिला फुटबलमा नेपाल र फिलिपिन्स सन् १९९९ पछि पहिलो पटक भेट भएका हुन् । एएफसी महिला च्याम्पियनसिप अन्तर्गत नै भएको भेटमा नेपाल ५–० गोल अन्तरले पराजित भएको थियो । समूह ‘एफ’ मा रहेको नेपालले अर्को खेल ५ गते हङकङसँग खेल्ने छ । फिलिपिन्स र हङकङको खेल भने ८ गते हुनेछ ।

समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एशियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ । यो प्रतियोगितालाई विश्वकप छनोटको रुपमा समेत लिइएको छ । एशियन कपमा छनोट हुने टोलीले मात्र विश्वकप छनोट खेल्न पाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७