निपा भाइरस संक्रमणबाट कसरी जोगिने ?


३ आश्विन २०७८, आईतवार
nipaha
IRF – Frederick 07/26/18 10:42:47 a 150000 7.0 80.0 Imaging #2018-16-B Nipah Virus (VERO NR596 Cells) Malaysia Strain234.46176 233.22716 0.00 XpixCal=2.448 YpixCal=2.448 Unit=nm ##fv3

काठमाडौं, ३ असोज । भारतमा निपा भाइरस संक्रमण फैलिएसँगै नेपालमा पनि सावधानी अपनाउन सरकारले आग्रह गरिरहेको छ । संक्रमण फैलाउन सक्ने चमेरोहरू नेपालमा पनि पाइने हुँदा सावधानी अपनाउन सरकारले आग्रह गरेको हो । यद्यपि, सरकारले हालसम्म निपा भाइरस संक्रमणबारे कुनै अध्ययन गरेको छैन, न त संक्रमण पुष्टि भएको कुनै केस नै फेला परेको छ ।

स्वास्थ्य संस्थाहरूमा शंकास्पद लक्षणसहितका बिरामी देखापरेमा समयमै जानकारी गराउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ । पछिल्ला केही अध्ययनहरूले नेपालसहितका दक्षिण एसियाली मुलुकमा पाइने टेरोपस जातको चमेरोबाट निपा भाइरस संक्रमण फैलिरहेको पुष्टि भएको छ । निपा भाइरस संक्रमणको ७५ प्रतिशत मृत्युदर रहेका कारण पनि यसलाई निकै घातक मानिएको हो ।

निपा भाइरस जनावरहरूको माध्यमबाट मानिसमा सर्ने गर्छ । चमेरो वा सुँगुरबाट मानिसमा सर्ने अध्ययनहरूले देखाएका छन् । यस बाहेक घोडा, बिरालो र कुकुरलगायतका घरपालुवा जनावरबाट पनि संक्रमण फैलिन सक्ने चिकित्सकहरूको चेतावनी छ ।

यो भाइरस सुँगुरहरूको बीचमा धेरै संक्रामक मानिन्छ, जसले भाइरसलाई मानिसहरूमा सार्न सक्छ । सामान्यतया तरल पदार्थ र सुँगुरको पिसाबबाट मानिसमा सर्न सक्ने सम्भावना अत्यधिक रहन्छ । यो घातक संक्रमणनजिकको मानव सम्पर्कका माध्यमबाट पनि प्रसारित हुन सक्छ । कोरोना भाइरस जस्तै एक संक्रमितको माध्यमबाट अर्कोमा सजिलै सर्न सक्ने भएकाले विश्व स्वास्थ्य संगठनले यसलाई घातक रोगको सूचीमा राखेको छ ।

भाइरसको इतिहास
निपा भाइरस अर्थात् एनआइभी पहिलोपटक सन् १९९९ मा मलेसियामा सुँगुर किसानहरूमा देखिएको थियो । सुँगुर र अन्य जीवबाट मानिसमा सरेको मानिने यो रोगले तत्कालीन समयमा सुँगुर किसानहरूमा प्रकोपका रूपमा देखिएको थियो । विश्व स्वास्थ्य संगठनकाअनुसार, फल चमेरो जसलाई फ्लाइङ फक्स पनि भन्ने गरिन्छ, निपा भाइरसको प्राकृतिक होस्ट मानिन्छ । नयाँ पत्रिकाबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७