कमेडी च्याम्पियन–२ को विजेता भरतमणि भन्छन्, ‘मेरो हँसाउने प्रयासमा दर्शकले साथ दिनुभयो’

गृह जिल्लाका भरतमणि कमेडी च्याम्पियन बनेपछि एमाले नेता योगेश भट्टराई हर्षित


३ आश्विन २०७८, आईतवार
Bharatmani paudel hmS4ldtGG7

काठमाडौं, ३ असोज । कमेडी च्याम्पियन–२ को विजेता भरतमणि पौडेलले आफ्नो हँसाउने प्रयासमा दर्शकले साथ दिएकै कारण आफू विजयी बन्न सफल भएको बताएका छन् ।

उपाधि जितेपछि सामाजिक सञ्जालमार्फत् पौडेलले दर्शकलाई भगवान भन्दै आगामी दिनमा पनि माया र साथको अपेक्षा राखेका छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारित चर्चित रियालिटी शो कमेडी च्याम्पियन–२ को शनिबार भएको फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै पौडेल विजयी भएका थिए ।

‘यो महामारिको समयमा पनि प्रतिस्पर्धा गरिरहँदा तपाईंहरुले मेरो हँसाउने प्रयासमा साथ दिनुभयो, मेरो लागि देश तथा विदेशमा रहेर अभियान चलाइदिनु भयो, मलाइ सधैं अगाडि बढ्न प्रेरित गरिरहनु भयो,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘अब मलाई सहि बाटोमा हिंड्नका लागि खबरदारी गर्ने जिम्मा पनि तपाईहरुकै हुनेछ, किनकी कमेडी च्याम्पियन सिजन–२ को उपाधि पनि तपाईहरुकै साथले सम्भव भएको हो ।’

bharatmani paudel rN2Wptmxlq

‘आगामी दिनमा पनि यत्तिकै माया र साथ पाउनेछु भन्ने कुरामा म ढुक्क छु,’ उनले अगाडि लेखेका छन्, ‘मलाइ प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने तपाईं सम्पूर्णलाई अनगिन्ती धन्यवाद । यो मेरो मात्रै जित होइन तपाईहरुको पनि जित हो । त्यसैले तपाईंहरु सम्पूर्णलाई बधाई भन्न चाहान्छु ।’

गृह जिल्लाका भरतमणि कमेडी च्याम्पियन बनेपछि एमाले नेता योगेश भट्टराई हर्षित
कमेडी च्याम्पियन–२ को उपाधि आफ्नो गृह जिल्ला ताप्लेजुङका भरतमणि पौडेलले जितेपछि नेकपा एमालेका नेता योगेश भट्टराई निकै खुशी भएका छन् । शुरुदेखि नै पौडेलको प्रचार गरिरहेका नेता भट्टराईले उनी शनिबार कमेडी च्याम्पियन घोषणा भएपछि बधाई दिएका छन् ।
उनले हाँस्यव्यंग्य क्षेत्रमा नयाँ र सशक्त पुस्ताको उदय भएको बताएका छन् ।

‘नयाँ र सशक्त पुस्ताको उदय भएको छ’, नेता भट्टराईले भनेका छन्, ‘नेपाली हाँस्य कलाकारिता विधामा खुशी व्यक्त गदर्छु ।’ पेन्टोमाइम गरेर चर्चा कमाएका भारत सिक्किमका बिक्की अग्रवाल पहिलो उपविजेता बने भने गोर्खाका सन्तोष थापा दोस्रो उपविजेता बनेका छन् ।

फस्टरनर अप अग्रवाल र सेकेन्ड रनरअप थापालाई पनि नेता भट्टराईले बधाई दिएका छन् । भरतमणिले गरेको पूर्व युवराज पारस शाहको क्यारिकेचरलाई दर्शकले निकै रुचाएका थिए । सेमिफाइनलको उक्त प्रस्तुतिपछि उनी भोटिङ बिना नै फाइनलमा पुगेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७