१० हिमाली जिल्लाका १८ वर्षमाथिका सबैलाई खोप लगाइँदै


३ आश्विन २०७८, आईतवार
corona khop 1
फाइल फोटो

काठमाडौं, ३ असोज । देशका १० हिमाली जिल्लामा १८ वर्षमाथिका सबै नागरिकलाई सरकारले कोरोनाविरुद्धको खोप दिने भएको छ ।
ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुला जिल्लाका १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । त्यसैगरी काभ्रे र चितवनमा २५ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने मन्त्रालयले जनाएको छ ।

काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षमाथिका र बाँकी ५८ जिल्लामा ४५ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइने मन्त्रालयले जनाएको छ । देशभर नै असोज ४ गतेदेखि १४ गतेसम्म पहिलो मात्रा र कात्तिक ४ गतेदेखि १४ गतेसम्म दोस्रो मात्रा खोप लगाइने मन्त्रालयको सूचनामा उल्लेख छ । खोप अभियानलाई तीव्र बनाएको सरकारले गएको शुक्रबार मात्रै चीनबाट कोरोनाविरुद्धको ४४ लाख डोज भेरोसेल खोप ल्याएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७