एमाले स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा


३ आश्विन २०७८, आईतवार
amale

काठमाडौं, ३ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । कार्यालय सचिव शेरबहादुर तामाङले दिएको जानकारीअनुसार दिउसो १ बजे स्थायी कमिटी बैठक बोलाइएको छ ।

तुल्सीलाल प्रतिष्ठान च्यासलमा स्थायी कमिटी बैठक बोलाइएको उनले जानकारी दिए । संसद्मा एमालेको भूमिकालगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ । बैठकमा १५–१७ असोजमा हुने विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा विधान संशोधन प्रस्तावबारे छलफल हुनेछ ।

स्थायी कमिटी बैठक भोलि पनि बस्ने तय भएको छ । आजको स्थायी कमिटी बैठक अगाडि संविधान दिवसबारे कार्यक्रम हुने तामाङले बताए । कार्यक्रमलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७