आफ्नै घरको चार तलामाथिबाट हामफाल्दा १८ वर्षीया युवतीको मृत्यु


३ आश्विन २०७८, आईतवार
window 1
सांकेतिक तस्वीर

विराटनगर, ३ असोज । मोरङको विराटनगरमा आफ्नै घरको ४ तलामाथिबाट हामफाल्दा मोरङ सुन्दरहरैंचाकी एक १८ वर्षीया युवतीको शनिबार राति ज्यान गएको छ ।

घरमाथिबाट हामफालेकी सुन्दरहरैंचा नगरपालिका–९ की १८ वर्षीया रुवि मुखियाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । घटनाको अनुसन्धान थालिएको श्रेष्ठले बताए ।

उनका अनुसार राति ८ः३० बजेतिर रुविले घरमाथिबाट हामफालेको खुलेको छ । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा राति ९ः४५ बजेतिर मृत्यु भएको डीएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७