संविधान दिवसमा टुँडिखेलमा विशेष समारोह, सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि (फोटो फिचर)


३ आश्विन २०७८, आईतवार
s

काठमाडौं, ३ असोज । संविधान दिवसका अवसरमा आज (आइतबार) काठमाडौको टुँडिखेलमा विशेष समारोह भएको छ ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अङ्गका प्रमुखलगायत सहभागी भएका थिए ।

यस्तै, समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको छ ।

यस्तै, आज घरघरमा दीपावली गर्न र राष्ट्रिय झण्डा फहराउन सरकारले सबैलाई आह्वान गरेको छ । दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । दिवसका अवसरमा विदेशमा रहेका नेपाली राजदूतावास र नियोगमा पनि दीपावलीलगायत कार्यक्रम हुँदैछ ।

तर दिवस मनाइरहँदा नागरिकले भने संविधानमा उल्लेख भएको अधिकार पाउन सकेका छैनन् । सिंहदरबारमा रहेको शक्तिलाई प्रदेश र पालिकासम्म विस्तार गर्ने तथा शिक्षा, स्वास्थ्य, रोजगारी र खाद्यान्नलाई मौलिक हक स्थापित गर्ने गरी संविधान जारी गरे पनि त्यो कागजमा नै सीमित भएको छ ।

s1
s2
s3
s4
s5
s6
s7
s8
s9
10
11
sambidhan diwas tundikhel program 13

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७