संसद चल्न नदिने अराजकतावादी प्रवृत्ति देखापरेको छ : झलनाथ खनाल


३ आश्विन २०७८, आईतवार
jhalanath khanal

काठमाडौं, ३ असोज । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले संविधान बमोजिम मुलुकलाई अघि बढाउने प्रत्यत्न भइरहेको बताएका छन् ।

संविधान दिवसको अवसरमा शुभकामना दिंदै खनालले अस्थिरतावादी तत्वले षड्यन्त्रको तानाबाना बुनेको भन्दै नेकपा (एमाले) लाई अराजकतावादीको संज्ञा दिएका छन् ।

‘नयाँ गठबन्धनको सरकार बनेको छ र संविधान बमोजिम मुलुकलाई अग्रगतितर्फ अघि बढाउने प्रयत्न भइरहेको छ । यद्यपि, अस्थिरतावादी तत्वहरू अहिले पनि षड्यन्त्रका विभिन्न तानाबाना बुनिरहेका छन्’, उनले भनेका छन्, ‘संसद्लाई चल्न नदिने अराजकतावादी प्रवृत्ति पनि देखापरिरहेका छन् । यस्ता प्रवृत्तिहरूविरुद्ध दृढतापूर्वक संघर्ष गर्दै संविधानको रक्षा, लोकतान्त्रिक मूल्य–मान्यताहरूको रक्षा, राष्ट्रियताको रक्षा तथा अग्रगमनतर्फको यात्रालाई कायम राख्दै मुलुकलाई समाजवाद र समृद्धितिर अघि बढाउनु नै आजको आवश्यकता बनेको छ ।’

सबै लोकतान्त्रिक पार्टीहरूको संयुक्त प्रयत्न, नेपाली जनताको दृढ संघर्ष तथा न्यायालयको ऐतिहासिक निर्णयले गर्दा मुलुक पुनः राजनीतिक स्थिरतातिर फर्केको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७