नेपाल आइडलका बुद्ध लामा भन्छन्, ‘आठ महिना भयो पुरस्कार दिनुको सट्टा उल्टै आठ लाख माग्छन्’


२४ फाल्गुन २०७४, बिहीबार
1520499723

काठमाडौं, २४ फागुन : पहिलो नेपाल आइडल विजेता बुद्ध लामाले घोषित पुरस्कार आठ महिनासम्ममा पनि नपाएको भन्दै आक्रोश पोखेका छन् । गत दशैमा सम्पन्न पहिलो नेपाल आइडल विजेता बुद्ध लामाले २० लाख रुपैयाँ नगदसहित महिन्द्राको केयुभी गाडी पाएका थिए ।1520499723

नेपाल आइडल विजेता लामाले घोषित पुरस्कार महिन्द्राको केयुभी गाडी नपाएको गुनासो गरेका छन् । उनले भनेका छन्, ‘आठ महिना भईसक्यो धाउँदा–धाउँदै दुःख पाइसकें अझै कति धाउनु ? गाडी लैजाने हो भने ट्याक्स बापतको आठ लाख रुपैयाँ लिएर आउनु गाडी लैजानु भन्छन् । घरमा एक रुपैयाँ छैन मैले कहाँबाट ल्याउनु त्यत्रो पैसा ? ल मेरो यो समस्या कसरी बाहिर ल्याउन सकिन्छ सहयोग गरिदिनु पर्‍यो ।’

लामाले २० लाख रुपैयाँ नगद, महिन्द्राको केयुभी गाडीसहित १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाएका थिए । उनले नगद २० लाख त पाए तर, कार भने अझै नपाएको गुनासो गरेका छन् । आइडल विजेता लामाले एउटा अडियो सन्देशमार्फत कार नपाएको खुलासा गरेका हुन् । उनको सन्देश सामाजिक सञ्जालमा निकै भाइरल भईरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७