कांग्रेस संखुवासभा सभापतिमा खड्काको उम्मेदवारी घोषणा


३ आश्विन २०७८, आईतवार
Congress

संखुवासभा, ३ असोज । नेपाली कांग्रेस संखुवासभाको सभापतिमा दीपक खड्काले उम्मेदवारी घोषणा गरेका छन् । उनले कांग्रेसको १४औं महाधिवेशनका क्रममा हुने जिल्ला अधिवेशनमा आफूले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

सो अवसरमा उनले पार्टीलाई एकीकृत गर्दै जिल्लामा कांग्रेसको संगठन मजबुद बनाउन सभापतिमा उम्मेदवारी घोषणा गर्न लागेको जानकारी दिए । कांग्रेस संखुवासभाका पूर्वपार्टी सभापति जनक थापाले कांग्रेस संखुवासभाको संगठनलाई सबल र सक्षम बनाउन खड्काको उम्मेदवारी स्वाभाविक भएको बताए ।

पूर्व सांसद पासाङ शेर्पाले संखुवासभामा कांग्रेस नेतृत्व सर्वसम्मत बनाउन सके आगामी दिनमा हुने तीनै तहका निर्वाचन कांग्रेसले जित्न सक्ने उल्लेख गरे । पूर्व सांसद बीना पौडेलले कांग्रेस संखुवासभाको सभापतिका अरू आकांक्षीलाई मिलाएर अगाडि बढ्न सुझाव दिइन् ।

घोषणासभामा कांग्रेस महासमिति सदस्य महेश थपलिया, ज्ञानबहादुर कार्की, महाधिवेशन प्रतिनिधि दीपेन्द्रमान शाक्य, पूर्व महाधिवेशन प्रतिनिधि थलकुमार लिंखा, कांग्रेस जिल्ला कार्यसमिति सदस्य शेरबहादुर गुरुङ, आमन्त्रित जिल्ला कार्यसमिति सदस्य एवं वरिष्ठ पर्यटन व्यवसायी मिङ्मा शेर्पा, पर्यटन व्यवसायी नवीन त्रिताल, अधिवक्ता सेवक पोखरेल, विद्यार्थी नेता सन्दीप निरौलालगायत उपस्थित थिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७