अफगानिस्तानमा विष्फोट : कम्तिमा ७ को मृत्यु, ३० बढी घाइते


३ आश्विन २०७८, आईतवार
Capture 3

काबुल, ३ असोज । अफगानिस्तानको पूर्वी शहर जलालावादमा श्रृंखलाबद्ध बिष्फोट हुँदा कम्तिमा ७ जना मारिएका छन् भने ३० जना भएका छन् । त्यसैगरी राजधानी काबुलमा भएको विष्फोटमा दुई जना घाइते भएका छन् । ‘जलालावाद र काबुलमा भएको बिष्फोट आईएसआईएल केको आतंकको अवशेष जस्तो देखिन्छ,’ तालिबानी स्रोतले भनेको छ ।

तालिबानले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । जलालावाद नान्गर्हर प्रान्तको राजधानी हो । त्यहाँ कम्तिमा चार वटा स्थान बिष्फोट भएको बताइएको छ । यद्यपी, अहिलेसम्म बिष्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन । नान्गर्हर प्रान्त आईएसआईएस –केको आधार इलाकामा मानिन्छ ।

जलालावादमा बिष्फोट हुनभन्दा केही घण्टाअघि काबुलमा कार बम बिष्फोट हुँदा दुई जना घाइते भएका थिए । मध्य अगस्टमा तालिबानले अफगानिस्तान कब्जा गरेको थियो, त्यसको छोटो समयमै यहाँबाट अमेरिकी नेतृत्वको विदेशी सेना हटिसकेको छ । देशमा शान्ति–सुरक्षा स्थापना गर्दै स्थिर वातावरण बनाउने प्रतिबद्धता तालिबानले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७