३३ उद्योगी–व्यावसायीलाई राष्ट्रपतिद्वारा मानपदवी


३ आश्विन २०७८, आईतवार
ShekharGolchha address 2RXhKpo4ZL

काठमाडौं, ३ असोज । सरकारले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्ति तथा संस्थाहरूलाई विभूषण दिने घोषणा गरेको छ । मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिस बमोजिम राष्ट्रपतिले आइतबार ९०३ व्यक्ति तथा संस्थालाई मानपदवी, अलंकार र पदक दिने सार्वजनिक गरेकी हुन् ।

सूचीअनुसार ३३ जना उद्योगी व्यवसायीलाई मानपदवी दिने उल्लेख छ । जसमा मानपदवी तृतीय श्रेणीको सुकीर्तिमय राष्ट्रदीप पाउने सूचीमा डा. उपेन्द्र महतो, देवीप्रकाश भट्टचन, सुरेन्द्रवीर मालाकार छन् । महतो गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष, भट्टचन प्रभु बैंकका अध्यक्ष र मालाकार नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाललाई सुप्रबल जनसेवाश्री दिने उल्लेख छ । यो जनसेवाश्री मानपदवी प्रथम श्रेणीमा पर्दछ । यो मानपदवी पाउने सूचीमा अरु उद्योगी व्यवसायीहरूमा ध्रुवकुमार श्रेष्ठ, राजेन्द्र कुमार खेतान, शिवरतन शारदा, र साहिल अग्रवाल रहेका छन् ।

मानपदवी चतुर्थ श्रेणी मानिने प्रबल जनसेवाश्री पाउने सूचीमा उद्योगी व्यवसायीहरु मोतीलाल दुगड, संजय कुमार खेतान, विष्णुप्रसाद न्यौपाने, गोकुल भण्डारी, गोविन्द गोयन्का, नारायण अग्रवाल, कुञ्ज अग्रवाल, अम्बिकाप्रसाद पौडेल, युवा उद्यमी सौरभ दुगड, देव किसन मून्दडा र कृष्ण प्रसाद शर्माले छन् ।

निर्माण व्यवसायीहरु शर्मा एण्ड शर्मा कम्पनीका अध्यक्ष रमेश शर्मा र होनिको मल्टिप्रपोजका अध्यक्ष हुमनाथ कोइरालालाई प्रबल जनसेवाश्री पाउने सूचीमा छन् । पर्यटन व्यावसायी राजु ढकाल र चिन्तामणि न्यौपाने तथा बैंकर उपेन्द्रप्रसाद पौडेल र रविना देशराज जोशी पनि यो सूचीमा छन् ।

पञ्चम श्रेणीको जनसेवाश्रीमा पाउनेमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, पवन मिष्ठान्न भण्डारका सञ्चालक राधेश्याम हलुवाई, पर्यटन व्यवसायी प्रेमकण्ठ श्रेष्ठ, उद्योगीहरु रुपन्देहीका कमलकिशोर मालपानी र यादवसिंह कार्की, नवप्रवर्तन कम्पनी आईडिया स्टुडियो र ललितपुरका सागर थापाको नाम छ । व्यवसायीहरुको गैर–नाफामूलक संस्था मारवाडी सेवा समितिलाई कीर्तिमय राष्ट्रदीप प्रदान गरिने उल्लेख छ ।
यी हुन् पदक पाउने व्यवसायीहरु
सुर्कीर्तिमय राष्ट्रदीप
बम
उपेन्द्र महतो
देवी प्रकाश भट्टचन
सुरेन्द्रवीर मालाकार
कैलाशचन्द्र गोयल
सुप्रबल जनसेवाश्री
शेखर गोल्छा
ध्रुवकुमार श्रेष्ठ
राजेन्द्र खेतान
विष्णु अग्रवाल
शिवरतन सारडा
साहिल अग्रवाल

प्रबल जनसेवाश्री
विष्णु न्यौपाने
अर्जुनमान सैंजू
गोविन्द गोइन्का
नारायण अग्रवाल
शंकरलाल अग्रवाल
कुञ्ज अग्रवाल
हुमनाथ कोइराला
चिन्तामणि न्यौपाने
सौरभ दुगड
देव किसन मुन्दडा

जनसेवाश्री
राधेश्याम हलुवाई
सागर थापा
कमल किशोर मालपानी
यादव सिंह कार्की
राजेन्द्र मल्ल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७