संविधान र लोकतन्त्रमाथि मजाक भयो, राष्ट्रपति संस्थाको हुर्मत लिइयो : ओली


३ आश्विन २०७८, आईतवार
Kp Oli 2

काठमाडौं, ३ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी गर्न एमालेको भूमिका अतुलनीय रहेको बताएका छन् । संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरिएको कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘नेपाली समाजलाई स्थायित्व र समृद्धिको दिशामा अगाडि बढाउन संविधानले भूमिका खेलेको छ । सिंगो पार्टी गर्व गर्न चाहन्छ ।’

उनले संविधानको रक्षा, कार्यान्वयन र विकास गर्न एमाले प्रतिवद्ध रहेको बताए । उनले भने, ‘आन्दोलनका उपलब्धीहरुको संस्थागत गरेका छौं । राष्ट्रिय हितलाई रक्षा गर्दै एमाले दृढताका साथ अघि बढेको थियो । संविधानको रक्षा गर्दै दृढताका साथ अघि बढेका थियौं । ’

सर्वसहमतिले संविधान संशोधन गरिएको बताए । सर्वस्वीकार्य संविधानलाई अगाडि बढाउन एमालेले नेतृत्व गरेको बताए । उनले भने, ‘संविधानलाई असफल पार्ने आन्तरिक र वाह्य प्रयास भए । तत्कालको विगत अत्यन्तै भयावह बनाउने कोशिस भयो । ती कोशिसहरु त लोकतन्त्रप्रति मजाक गर्ने काम भयो । ’

उनले राष्ट्रपति सर्वोच्च संस्था भएको भन्दै त्यस संस्थाप्रति हुर्मत लिने काम भएको बताए । उनले राष्ट्रपति संस्थाका अधिकार असंवैधानिक ढंगले कटौति गर्ने खालका कामहरु भएको बताए । उनले भने, ‘जनताका बीचमा ताजा जनादेशमा जानु प्रतिगमन हुने संविधान मिचेर जनादेशबाट प्रधानमन्त्री तोक्ने अग्रगमन १’ उनले संविधानको रक्षा अहिलेको मुख्य आवश्यकता रहेको बताए ।

उनले भने, ‘पार्टी फोड्नका लागि अनेक तमासाहरु भए । अलोकतान्त्रिक, गैरसंवैधानिक क्रियाकलाप भए । संविधान रक्षा र कार्यान्वयनको सन्दर्भमा गम्भीर बाधा पैदा भएका छन् । हामी सजग र सतर्क हुनुपर्छ ।’ अध्यक्ष ओलीले सभामुख निष्पक्ष हुनुपर्ने भन्दै जालझेल षड्यन्त्र गर्न नहुने बताए । संविधानको अपव्याख्या गरिए कागजको खोस्टोमा परिणत हुने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७