ओमानविरुद्ध नेपालले पहिले बलिङ गर्ने, दुई खेलाडी परिवर्तन


३ आश्विन २०७८, आईतवार
242211515 1278520859254748 1207161655515387808 n

काठमाडौं, ३ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको अन्तिम खेलमा नेपालले आज (आइतबार) ओमानसँग प्रतिस्पर्धा गर्दैछ । अल अमिरात क्रिकेट मैदानमा नेपालले टस जितेको छ । नेपालले पहिले बलिङ गर्ने भएको छ । ओमानले केहीबेरमा नेपालविरुद्ध ब्याटिङ थाल्ने छ ।

आजको खेलमा नेपालका दुई खेलाडी परिवर्तन गरिएको छ । गुल्सन झा र कुशल मल्लको स्थानमा शरद भेषावकर र आरिफ सेख आएका छन् । घरेलु टोलीको सामना गर्दा नेपाल सहज जित निकाल्ने योजनामा हुनेछ ।

nepal oman11632045017

श्रृंखलाअन्तर्गत नेपालले तीन खेल खेलको छ । जसमा एक खेलमा विजयी र दुई खेलमा पराजित भयो । नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग ५ विकेटले हारेको नेपाल तेस्रो खेलमा अमेरिकासँग ६ विकेटले पराजित भएको थियो । अंक तालिकाको पुछारबाट तेस्रो स्थानमा रहेको नेपाललाई स्पष्ट जितको विकल्प छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७