१,४१३ ले जिते कोरोना, ७३४ नयाँ थपिए, १२ जनाको मृत्यु


३ आश्विन २०७८, आईतवार
korona

काठमाडौं, ३ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ७३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा झण्डै दोब्बर संख्यामा संक्रमणमुक्त भएको जनाएको छ । मन्त्रालयका अनुसार १,४१३ जना संक्रमणमुक्त भएका हुन् ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८४ हजार ५६६ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ९८६ जना पुगेको छ । संक्रमितमध्ये ७ लाख ४९ हजार ३१३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या ११ हजार ४० पुगेको छ । हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमित रहेका छन् भने ११७ जना भेन्टिलेटरमा रहेका छन् । पछिल्लो २४ घण्टामा १० हजार १३ जनामा परीक्षण भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७