अमेरिका जान भनेर काठमाडौंबाट उडेका ६० नेपाली जर्मनीमा पक्राउ


४ आश्विन २०७८, सोमबार
german frankfurt airport fkhwqjJWHQ

काठमाडौं, ४ असोज । काठमाडौंबाट अमेरिका जाने उद्देश्यले जर्मनी पुगेका ६० नेपाली त्यहाँको फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् ।
दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्ने दाउमा रहेका उनीहरूलाई कागजात नक्कली देखिएपछि फ्र्यांकफर्ट विमानस्थलको अध्यागमन विभागले समातेको हो ।

तीमध्ये मेक्सिको पुगिसकेका तर त्यहाँको प्रहरीले पहिले हवाईजहाज चढेको विमानस्थल फ्र्यांकफर्ट नै फर्काइ दिएका र केही भर्खर मेक्सिको उड्ने तयारीमा रहेकाहरू छन् । मेक्सिकोबाट फर्काइएकाहरूलाई मस्को नै फिर्ता पठाउने तयारी जर्मनीको प्रहरीले गरेको जर्मनीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

फ्र्यांकफर्ट विमानस्थलमा समातिएकामध्ये एक नेपालीले बताएअनसार आफूहरू एक हप्तादेखि नियन्त्रणमा परेको बताएका छन् ।
एक जना पीडितका अनुसार त्यहाँ अलपत्र नेपालीमध्ये धेरैजसोलाई एक जना दलालले अमेरिका पठाउने भन्दै दुई साताअघि काठमाडौंबाट दुबई (यूएई) पठाएका थिए । त्यहाँबाट त्यहीँका विदेशी दलालले उनीहरूलाई मस्को पठाइदिएका थिए । त्यहाँबाट उनीहरू आफ्नै खर्चमा मेक्सिको पुगेका थिए ।

त्यसपछि सबैको ट्रान्जिट जर्मनीको फ्र्यांकफर्ट विमानस्थल परेपछि उनीहरू अमेरिका छिर्न भनेर फ्र्यांकफर्ट पुग्दा जाँचका क्रममा कसैका कागजात नपुगेको तथा कसैका नक्कली भएकाले पक्राउ परेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७