रोनाल्डोको गोल बर्षा, युनाइटेडको जित


४ आश्विन २०७८, सोमबार
Ronaldo1632067597

काठमाडौं, ४ असोज । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको गोलमा प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा युनाइटेडले वेस्टहमलाई २–१ गोल अन्तरले पराजित गरेको हो । युनाइटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र जेसी लिङ्गार्डले एक–एक गोल गरे ।

उता वेस्टहमका लागि साइद बेर्नाहमले एक गोल गरे । खलमा सुरुवाती अग्रता भने वेस्टहमले अग्रता बनाएको थियो । खेलको ३० औं मिनेटमा बेर्नाहमले गोल गर्दै वेस्टहमलाई अग्रता दिलाए ।

३५ औं मिनेटमा रोनाल्डोले युनाइटेडका लागि बराबरी गोल फर्काए । खेलको ८९ औं मिनेटमा लिङ्गार्डले गोल गर्दै युनाइटेडलाई २–१ गोलको जित निकाले । आफ्नो पुरानो क्लबमा फर्किएपछि रोनाल्डोले ३ खेलमा ४ गोल गरिसकेका छन् । जितसँगै युनाइटेडले ५ खेलबाट १३ अंक जोडेको छ । युनाइटेड अंक तालिकाको शीर्ष स्थानमा छ । पराजित वेस्टहम ८ अंक सहित तालिकाको आठौँ स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७