बाटोमै चिप्लिएर लडेकी महिलाको मृत्यु


४ आश्विन २०७८, सोमबार

मोरङ, ४ असोज । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा बाटो हिँड्ने क्रममा चिप्लिएर आइतबार राति एक महिलाको मृत्यु भएको छ । स्थानीय जीतकुमार राईकी श्रीमती ५६ वर्षीया गुनमाया राईको लडेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मिक्लाजुङकै आइतबारेबाट घरतर्फ फर्कदै गर्दा राति ९ बजेतिर लडेकी गुनमायाको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले शव पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरेको डीएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७