एकीकृत समाजवादीको धनुषा अध्यक्षमा पण्डित


४ आश्विन २०७८, सोमबार
samajbadi dhanusa fusUFCc8nM erZtlFORSU

धनुषा, ४ असोज । नेकपा (एकीकृत समाजवादी) ले धनुषामा रामचन्द्र पण्डितको अध्यक्षतामा २०१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ । आइतबार भएको पार्टीको अगुवा कार्यकर्ता भेलाले पण्डितको अध्यक्षतामा जिल्ला कमिटी निर्माण गरेको हो ।

पार्टीको जिल्ला उपाध्यक्षमा शितल साह, सचिवमा सोमप्रसाद शर्मा र उप–सचिवमा राजकुमार यादव चयन भएका छन् । अध्यक्ष पण्डित सिंगो एमाले हुँदा पार्टीको धनुषा जिल्ला उपाध्यक्ष थिए। एमाले विभाजन बनेपछि एकीकृत समाजवादीले दुई महिनाअघि नै उनलाई धनुषा अध्यक्षको जिम्मेवारी दिएको थियो ।

जिल्ला कमिटीका पदाधिकारी टुंगो लागे पनि सदस्यहरुको टुंगो लगाउन भने बाँकी रहेको पार्टीका केन्द्रीय सदस्य श्रीप्रसाद साहले जानकारी दिए । भेला एकीकृत समाजवादी प्रदेश–२ का इन्चार्ज धर्मनाथ साहको प्रमुख आतिथ्यतामा भएको थियो । भेलामा केन्द्रिय सदस्यहरु नागेन्द्र चौधरी, शत्रुधन महतो, रत्नेश्वरलाल गोइत, सुधीर साह, पूर्वमन्त्री यदुवंश झा लगायतको सहभागिता थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७