घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


४ आश्विन २०७८, सोमबार
gold

काठमाडौं, ४ असोज । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ ओरालो लागेको छ । आज तोलामा सुनको भाउ ८८ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि गएको शुक्रवार सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेको थियो । हिजो सार्वजनिक बिदा भएकाले सुनको नयाँ मूल्य तोकिएको थिएन । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर ११ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७